इटहरीमा नेपाल टेलिकमको २१ औ बार्षिकोत्सव सम्पन्न

इटहरीमा नेपाल टेलिकमको २१ औ बार्षिकोत्सव सम्पन्न


समयपथ
1.1k
Shares


काठमाडौं । दूर सञ्चार कार्यालय इटहरीले मंगलवार प्रभातफेरी सहित बिभिन्न खेलकुदहरूको आयोजना सहित २१ औ बार्षिकोत्सव सम्पन्न गरेको जनाएको छ । नेपाल टेलिकमको निबृत्त कर्मचारीहरू सहितको उपस्थितिमा इटहरीका कार्यालय प्रमुख उप प्रबन्धक लोकराज शर्मा भट्टराइले कोशी प्रदेश अन्तर्गत सबै भन्दा बढी आसामी असुल गर्न सफल भएकोले प्रादेशिक निर्देशनालयबाट दूर सञ्चार कार्यालय इटहरी तथा अन्तर्गतका कार्यालयलाइ सम्मान पत्र प्राप्त भएकोमा खुशी व्यक्त गरे ।
साथै बिभिन्न खेलकुदहरूको बिजेताहरूलाइ प्रमाण पत्र तथा निबृत्त कर्मचारीहरूलाइ संयुक्त रूपमा प्रमुख उप प्रबन्धक लोकराज शर्मा भट्टराई र वरिष्ठ लेखा अधिकृत दिनेश सुवालले सम्मान समेत प्रदान गरेका थिए । प्रशासन प्रमुख प्रकाशचन्द्र फूयालले स्वागत मन्तब्य दिएको थियो ।
१११ वर्षको लामो इतिहास बोकेको नेपाल टेलिकमले विभिन्न आरोहअवरोह पार गर्नुपरेको अवस्थामा पनि नेपालकै नम्बर १ दूर सञ्चार सेवाप्रदायक हुन सफल भएको र यसका लागि सम्पूर्ण कर्मचारीहरू, आम उपभोक्ताहरू, डिलरहरू लगायत सम्पूर्ण सरोकारवालहरूको उतिक्कै भूमिका रहेको लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत दिनेश सुवालले बताए ।