काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन अप्राकृतिक नै रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु समयको बाध्यता रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारमाथि लगाउँदै आएको उक्त आरोप कांग्रेस महामन्त्री शर्माले स्वीकार गरे । महामन्त्री शर्माले प्रचण्डले लगाएका अन्य आरोपमा भने प्रतिप्रश्न गरेका छन् । उनले गठबन्धन अप्राकृतिक मान्न सकिने तर असंवैधानिक भने नरहेको बताए ।
उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठीक र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बेठीक हुन नसक्ने बताए ।
प्रतिक्रिया