मनकारी अध्यक्ष फुनुरु शेर्पाद्वारा वडाबासीलाई न्यानो ज्याकेट वितरण

मनकारी अध्यक्ष फुनुरु शेर्पाद्वारा वडाबासीलाई न्यानो ज्याकेट वितरण


समयपथ
483
Shares

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका–१ का वडा अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन्।

लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न शेर्पाले जाडो मौसममा वडाका नागरिकलाई राहत प्रदान गर्न ३२१ थान ज्याकेट वितरण गरेका हुन्। अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, एकल महिला, विद्यालयका शिक्षक, गुम्बाका लामा गुरु, प्रहरी, वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई करिब ९ लाख ६३ हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरिएको हो।

ज्याकेट वितरणका लागि विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए। Dream Carrier Treks & Expeditions का निर्देशक पासाङ छिरी शेर्पाले २ लाख, ओङछु शेर्पा ट्रस्टले ५० हजार, Climbalaya Treks & Expeditions का MD तथा वडा नं. ५ का कांग्रेस सभापति मिङ्मा शेर्पाले ५० हजार, समाजसेवी पेमा छेवाङ शेर्पाले अमेरिकाबाट ४० हजार, Go to Himalaya Treks का MD निमा छिरी शेर्पाले ३० हजार, टानका महासचिव तथा North Extreme Himalaya का सोनाम गेल्जेन शेर्पाले २० हजार, र ने.का. वडा नं. ४ का सभापति पासाङ दावा शेर्पाले १० हजार सहयोग गरेका थिए। बाँकी करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको व्यक्तिगत सहयोग स्वयं फुनुरु शेर्पाले गरेका हुन्।

सामाजिक सेवामा सक्रिय फुनुरु शेर्पा

जनप्रतिनिधिका रूपमा मात्र नभई समाजसेवीका रूपमा पनि फुनुरु शेर्पा सक्रिय छन्। यसअघि उनले खुम्बु क्षेत्रमा थुप्रै सामाजिक कार्यहरू गरेका छन्।
• खुम्बु क्षेत्रमा उनले निर्माण गराएको अस्पतालका कारण गर्भवती तथा सुत्केरी महिलाले अकालमा ज्यान गुमाउनु परेको छैन।
• गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाएका छन्। उनका पहलमा चौरीखर्क माविमा १५५ भन्दा बढी विद्यार्थी निःशुल्क शिक्षाबाट लाभान्वित भएका छन्।
• पैँयामा १९ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माण गराएका छन्, जसबाट १३० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन्।
• भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका १२ घर पुनर्निर्माण गरी प्रभावित परिवारलाई हस्तान्तरण गरेका छन्।
• कोभिड–१९ महामारीको समयमा वडाबासीलाई चामल, दाल, चिनी, तेल लगायतका राहत सामग्री वितरण गरेका थिए।

स्थानीय जनताको सेवामा समर्पित फुनुरु शेर्पाले आफ्नो वडाको सामाजिक तथा भौतिक विकासमा निरन्तर योगदान दिइरहेका छन्।