भक्तपुर । चाँगुनारायण नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’ मा भक्तपुर जिल्लामा उत्कृष्ठ पालिका बनेको छ । ‘लिजा’ मा भक्तपुर जिल्लामा उत्कृष्ठ पालिका बनेको चाँगुनारायण काठमाडौं उपत्यकामा तेस्रो पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ठ बनेको हो । चाँगुनारायण नगरपालिकाले विभिन्न १०० अंकमा ९२.५ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ठ बन्न सफल भएको हो ।
त्यस्तै, काठमाडौं उपत्यकामा रहेका दुई महानगरपालिकासहित १८ पालिकामा भने चाँगुनारायण नगरपालिका तेस्रो स्थानमा पर्न सफल भएको छ । उपत्यकामा काठमाडौंको तारकेश्वर नगरपालिका ९८.५ अंक प्राप्त गर्दै प्रथम, ललितपुर महानगरपालिका ९३.५ अंक प्राप्त गर्दै दोस्रो र चाँगुनारायण नगरपालिका ९२.५ अंक प्राप्त गदै तेस्रो हुन सफल भएको हो ।
भक्तपुर जिल्लामा मध्यपुर थिमी नगरपालिकाले ९१ अंक प्राप्त गदै दोस्रो, सूर्यविनायक नगरपालिकाले ९०.५ अंक प्राप्त गर्दै तेस्रो र भक्तपुर नगरपालिकाले ८९ अंक प्राप्त गर्दै तेस्रो बनेको हो ।
संघीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन गर्दै आएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री प्रगतीमा फड्को मार्दै उत्कृष्ट हुनुमा सिंगो जनप्रतिनिधि र कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका रहेको बताउछन ।
चाँगुनारायण नगरपालिकाले लिजामा प्राप्त अंक कार्यपालिका बैठकबाट अनुमोदन गरि सार्वजनीक समेत गरिसकेको छ । नगरपालिकाले वार्षिक बजेट तथा योजना ब्यवस्थापन, न्यायिक कार्य सम्पादन, वातावरण संरक्षण तथा विपद् बयवस्थापन र सहकार्य तथा समन्वय विषयक्षेत्रमा शत प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।
प्रतिक्रिया