काठमाडौं ।
प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको थियो ।
सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा आइतबार पक्राउ परेका छन् ।
उनीहरूले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।
मोटरसाइकलसहित प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)मा खटिएका उनीहरू मध्यराति कुटिएका थिए । जोशीसहितका युवाहरूले उनीहरू सवार मोटरसाइकल समेत तोडफोड गरेका थिए ।
प्रतिक्रिया