भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून बनाउः प्रेम सुवाल

भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून बनाउः प्रेम सुवाल


समयपथ
115
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अस्वीकार, सत्तापक्ष सांसदहरुले ठाेके ओलीकाे पक्षमा टेबल

प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून किन नबनाउने भनेर साेध्दा प्रधानमन्त्री ओलीले त्यो मिल्दैन भनेपछि उनकाे समर्थनमा सत्तापक्ष सांसद्ले टेबल ठाेकेका छन्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून ल्याउन गरेको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्दै भष्टाचारीलाई मृत्युदण्ड दिनेगरि कानून बनाउन माग गरेका हुन। जवाफमा ओलीले संविधान र अन्तराष्ट्रि सन्धी-महासन्धीले पनि नेपालमा मृत्युदण्डको कानून बनाउन रोकेको जवाफ दिएका थिए। अ‍ोलीले मृत्युदण्डको कानून बनाउन मिल्दैन भन्दा सत्तारुढ दलका सांसदले टेवुल ठोकेर समर्थन गरेका थिए।

‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो । कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । र, फैसला उपयुक्त नहुनपनि सक्छ’, ओलीले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’