पूर्वराजालाई नहौसिन गृहमन्त्री लेखकको चेतावनी

पूर्वराजालाई नहौसिन गृहमन्त्री लेखकको चेतावनी


समयपथ
115
Shares

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनः फर्कने भ्रमबाट नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै स्पष्ट सन्देश दिएका हुन् ।

‘केही व्यक्तिहरू गणतन्त्रको विकल्प राजतन्त्र हो भन्ने भ्रम फैलाइरहेका छन्, तर त्यो सत्य होइन । त्यस भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन,’ गृहमन्त्री लेखकले भने । उनले जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजसंस्थाको पुनरागमन असम्भव रहेको उल्लेख गर्दै ज्ञानेन्द्र शाहलाई यस्ता भ्रम नपाल्न आग्रह गरे ।

उनले इतिहासमा राजसंस्थाबाट हटाइएका शासकहरू स्वाधीन रूपमा बसेका कमै उदाहरण रहेको बताउँदै नेपाली जनताले दिएको स्वतन्त्रता नबिर्सिन चेतावनीसमेत दिए । ‘हाम्रो लोकतन्त्र यति परिष्कृत छ कि जनताले फालेको राजतन्त्रका राजा पनि सम्पूर्ण स्वतन्त्रता उपभोग गरिरहेका छन्,’ उनले भने ।

गृहमन्त्री लेखकले लोकतन्त्रको यस उदारतालाई कमजोरीको रूपमा नबुझ्न आग्रह गरे । ‘हाम्रो लोकतन्त्र संयमित, उदार र परिपक्व छ । यसलाई कमजोरी ठान्नु उचित हुँदैन,’ उनले थपे ।