कांग्रेस सत्तारुढ दलसँगको समझदारीमा शतप्रतिशत प्रतिबद्ध: गगन थापा

कांग्रेस सत्तारुढ दलसँगको समझदारीमा शतप्रतिशत प्रतिबद्ध: गगन थापा


समयपथ
0
Shares

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँगको समझदारीमा आफ्नो पार्टी शतप्रतिशत प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, “कांग्रेस जे बोल्छ, त्यही हो।” उनले एमालेसँगको सहकार्यको अतीतमा माओवादीसँग सहकार्य गर्दा पनि एमालेले प्रस्ताव अस्वीकार गरेको सम्झना गर्दै अहिले पनि आफ्नो पार्टीको बोलीमा प्रतिबद्ध रहेको बताए।

महामन्त्री थापाले यस अघि माओवादी केन्द्रसँगको गठबन्धनमा एमालेले पटकपटक कांग्रेससँग सहकार्यको प्रस्ताव गरेको कुरा उल्लेख गर्दै, “त्यो समयमा कांग्रेसलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो, तर कांग्रेसले त्यो स्वीकार गरेन।”

उनले भने, “कांग्रेसले विकल्पको बारेमा सोच्दैनौं भनेको थियो। हामी हाम्रो समर्थनमा बहुमतको सरकार बनाउन प्रतिबद्ध थियौं।”