मिश्र र राणाको रिहाइको माग गर्दै मसाल जुलुस

मिश्र र राणाको रिहाइको माग गर्दै मसाल जुलुस


समयपथ
92
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणाको रिहाइको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो ।


राप्रपाले वरिष्ठ उपाध्यक्ष धवल शमशेर राणा र रवीन्द्र मिश्रलगायतका नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ।
उनीहरूलाई शुक्रबार तीनकुनेमा भएको घटनामा पक्राउ गरिएको हो। मिश्र र राणालाई प्रहरीले म्याद थपका लाथि आजै अदालतमा पेश गरेको थियो। उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।


चाबहिलसँगै अन्य स्थानमा पनि राप्रपाले मसाल जुलुस निकालेको थियो।