राष्ट्रपति रनिङ सिलडको उपाधी शारदा मावि खराङलाई

राष्ट्रपति रनिङ सिलडको उपाधी शारदा मावि खराङलाई


संखुवासभा । चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पसको खेल मैदानमा भएको राष्ट्रिपति रनिङसिल्ड प्रतियोगिता २०८१ मा १७ स्वण सहित शारदा मावि खराङ प्रथम भएको छ ।
स्थानीय तह स्तरीय प्रतियोगिता आयोजक समिति चैनपुर नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भलिवल, कपडि, दौड, रिले हाइजम्प, लम्जम्प, ट्रिपलजम्प, ज्याब्लिङ, सटफुट, तेक्वान्दो लगायतको विभिन्न खेलविधामा १७ स्वर्ण सहित शारदा मावि खराङ प्रथम भएको छ । शारदा मावि पोखरी ७ स्वर्ण सहित द्धितीय, सरस्वती मैदाने ३ स्वर्ण सहित तृतीय र शारदा मावि त्रिशुले २ स्वर्ण सहित सान्त्वना भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाभित्रका ११ माध्यमिक विद्यालयहरु सभागी रहेको थियो । हरेक वर्ष पौष महिनामा सञ्चालन गरिने उक्त प्रतियोगिता यो वर्ष चैत्र २१ गतेदेखि २३ गते सम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा भलिबल छात्र तर्फ प्रथम शारदा मावि पोखरी, द्धितीय सरस्वती मा.वि. चैनपुर, तृतीय सिंहदेवी मा.वि. नुनढाकी भएको खेल शिक्षक मोहन कुमार खत्रीले जानकारी दिए । १ सय मिटर दौड छात्र तर्फ सारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितीय, शारदा मावि पोखरी तृतीय भएको थियो । यसै गरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि पोखरी द्धितीय, शारदा मावि त्रिशुले तृतीय भएको थियो । यसै गरी २ सय मिटर दौडको छात्र तर्फ प्रथम शारदा मावि त्रिशुले, दोस्रो शारदा मावि पोखरी, तृतिय शारदा मावि खराङ भएको थियो ।
दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि. पोखरी द्धितीय, शारदा मावि त्रिशुले तृतीय स्थान हासिल गरेको थियो । यसै गरी ४ सय मिटर दोडको छात्रतर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितीय, शारदा मावि पोखरी तृतीय भएको थियो । यसै गरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, सरस्वती मावि. हिटिटोल चैनपुर दोस्रो, शारदा मावि पोखरी तृतीय भएको थियो । यसै गरी ८ सय मिटर दौड प्रतियोगितको छात्र तर्फ प्रथम सरस्वती मावि. मैदाने प्रथम, शारदा मावि त्रिशुले द्धितीय, शारदा मावि खराङ तृतीय भएको थियो । यसै गरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, शारदा मावि खराङ द्धितीय, सरस्वती मावि हिटिटोल तृतीय भएको थियो । यसै गरी १५ सय मिटर दौड प्रतियोगिता अन्तरगत शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितीय, भगवती मावि चित्लाङ तृतीय भएको थियो । उक्त खेलको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितीय, सरस्वती मावि चैनपुर तृतीय भएको थियो । ३ हजार मिटर दौड प्रतियोगिताको छात्र तर्फ शारदा मावि त्रिशुले प्रथम, शारदा मावि खराङ द्धितीय, शारदा मावि पोखरी तृतीय भएका थिए भने छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, शारदा मावि त्रिशुले द्धितीय, सरस्वती मावि चैनपुर तृतीय भएका थिए ।
हाइजम्प तर्फ शारदा मावि खराङ प्रथम, सरस्वती मावि मैदाने दोस्रो , शारदा मावि त्रिशुले तृतीय भएको थियो भने छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितीय, सरस्वती मावि मैदाने तृतीय भएको थियो । यसै गरी लम्जम्प छात्र तर्फ शारदा मावि खराङ प्रथम, शादा मावि पोखरी द्धितीय, सरस्वती मावि मैदाने तृतीय साथै छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि पोखरी द्धितीय, शारदा मावि त्रिशुले तृतीय भएका थिए । ट्रिपल जम्प छात्र तर्फ शारदा मावि खराङ प्रथम, सरस्वती मावि मैदानै द्धितीय, शारदा मावि पोखरी तृतीय र छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, बाणिविला मावि लुहाकोट द्धितीय, शारदा मावि खराङ तृतीय भएका थिए । ज्यामलिङ थ्रो छात्र तर्फ सरस्वती मावि मैदाने प्रथम, शारदा मावि त्रिशुले दोस्रो, शादा मावि पोखरी तृतीय साथै छात्रा तर्फ शारदा मावि खराङ प्रथम, बाणिविला मावि लुहाकोट दोस्रो, सरस्वती मावि मैदाने तृतीय भएको थियो । सटफुट छात्र तर्फ शाला मावि पोखरी प्रथम, शारदा मावि खराङ द्धितीय, सरस्वती मावि मैदाने तृतीय र छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, वाणिविला मावि लुहाकोट द्धितीय, शारदा मावि खराङ तृतीय भएका थिए । यसै गरी तेक्वान्दो प्रतियोगितामा सरस्वती मावि हिटिटोल प्रथम, सरस्वती मावि चैनपुर द्धितीय र मकालु अरुण इङलिस बोर्डिङ स्कुल तृतीय भएका थिए ।
चैनपुर नगर खेलकुद विकास समिति अध्यक्ष फूर्वा शेर्पाको अध्यक्षमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि चैनपुर नगरपालिका नगर उप प्रमुख एलिना श्रेष्ठ, जिल्ला एथ्लेटिक्स संघका नारायण श्रेष्ठ, विभिन्न विद्यालयका खेल शिक्षकहरु, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिथित रहेको थियो ।