कविता

सिंह पस्या भा त यिनको आवाजै बन्द हुन्थ्यो

सिंह पस्या भा त यिनको आवाजै बन्द हुन्थ्यो


समयपथ
0
Shares
  • केशवराज चौलागाईं

यिनको भुकाई हेर्दा,
कि चितुवा कि स्याल!
पक्कै पस्यो।
स्याल भनौं भने,
झम्टदैं भुक्नु पर्ने!
यी त अत्तालिएर पो
कोही त पुच्छर लतार्लान जस्ता
बाघै भनु भने नि
यी समर्पित भैसक्दा हुन
चितुवा रै छ क्यार!!

स्याल पस्या भा त,
यिन्ले हुल छुटेर लगार्लान
चितुवा पस्या रै च भने,
दोहोरो मारमा ,घोरलमृगहरु!
चितुवाको नि हुल पो हो कि!
यिन्ले दस तिर मुख फर्काको देख्दा!
नत्र !
एकै दिशा,एकै स्वर हुनु पर्ने
भुक्न त भुक्छन ता नि!
अलग अलग आवाज,अलग अलग दिशा,
आउन त आयो,
वाछा पाडाले दुख पो पाउँछन् कि
यही पीर छ है बाबू!
भन्दैछिन विर्खे कि आमा !!