काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५६ औं वसन्तमा प्रवेश गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गर्दै आएको नेपाल विद्यार्थी संघको इतिहास जति गौरवशाली छ,वर्तमान त्यतिनै फलदायी र भविश्य उज्ज्वल छ ।
वि.सं २०२७ साल वैषाख ६ गते स्थापना भएको नेविसंघले विद्यार्थीका हक हित र राजनीतिक परिर्वतनमा आफ्नो सम्पूर्ण समय र ध्यान खर्चिदै आएको छ । शैक्षिक र राजनीतिक परिर्वतनको पर्याय नै बनेको छ नेपाल विद्यार्थी संघ । जब नेपाली राजनीतिमा प्रतिगमन र अधिनायकवादको कालो वादल मडारिन थाल्छ तब नेविसंघको संघर्षले नेपाली समाजलाई परिवर्तनको स्वर्णिम उपहार दिदै आएको छ । कलम र मसाल अंकित रक्तरञ्जित झण्डा हातमा लिएर तरुण युवा विद्यार्थीहरु सडकमा ओर्लिएपछि निरासाको बादल हटेर आशा ढोका खुल्ने गरेको तथ्य जगजाहेर छ ।
लोकतन्त्रवादी विद्यार्थीहरुको राजनीतिक संघर्षको इतिहास धेरै लामो भए पनि नेपाल विद्यार्थी संघको विधिवत स्थापना भएको साढे पाँच दशक भएको छ । नेविसंघलाई कांग्रेस पार्टीका नेता उत्पादन गर्ने ‘कारखाना’ रुपमा हेरिन्छ । नेपाल विद्यार्थी संघमा काम गर्नुभएका र विद्यार्थीहरुको छाता संस्था स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघका तर्फबाट निर्वाचित अधिकांश नेताहरु नै अहिले पार्टीको शीर्ष स्थानदेखि विभिन्न तहमा हुनुहुन्छ ।
पञ्चायतको बिगबिगी भएका बेला स्थापित नेविसंघको उद्घाटन सन्तनेता कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो । वीपी कोइरालाले शुभकामन दिनु भएको अधिवेशनको आर्थिक व्यवस्थापन शुवणर शमशेरले गर्नु भएको थियो । प्रहरी प्रशासनको व्यापक धरपकडका बीच नेविसंघको सम्मेलन वैषख ६ गतेदेखि ९ गतेसम्म स्वयम्भू, चोभार, पशुपातिको राममन्दिर र त्रिभूवन विश्वविद्यालयको अर्थ विभागमा सम्पन्न भएको थियो । अधिवेशनकै क्रममा सयौं विद्यार्थी नेताहरु गिरफ्तार भएका थिए । संघसंस्था खोलेको अभियोगमा नेविसंघविरुद्ध पञ्चयति सरकारले अदालतमा मुद्दासमेत दायर ग¥यो । २०२७ साल असारमा सर्वोच्च आदालतको फैसालाले वैधानिक विद्यार्थी संस्थाको रुपमा स्थिापित गरेपछि भने पञ्चायत र प्रतिगनकारी तत्वका लागि नेविसंघ फलामको चिउरा बन्यो । यस अवधिमा व्यवस्था परिवर्तको आन्दोलनमा होमिएका नेविसंघका सयौंले जीवन वलिदान गरे भने हजारौको संख्यामा बन्दी र घाइते भए । जुन उद्देश्य लिएर स्थापना गरिएको संगठनमा पछिल्लो समय केही विचलन आएको भने होइन ।
नेविसंघ स्थापनाकालका अध्यक्ष विपिन कोइरालादेखि वर्तमान अध्यक्ष दुजाङ शेर्पासम्म आईपुग्दा ५६ वर्षको अवधिमा २० जनाले नेविसंघको नेतृत्व सम्हालेका छन । हाल नेविसंघकै पूर्वअध्यक्ष समेत भईसक्नुभएका शेरवहादुर देउवा हातमा नेपाली कांग्रेस पार्टीको कमाण्ड छ ।
गृहमन्त्रीबाट सत्ता राजनीतिमा बलियो उपस्थिति जनाउनु भएका देउवा मुलुकको पाँच पटक प्रधानमन्त्री बनिसक्नु भएको छ । नेविसंघकै जगबाट राजनीति सुरु गर्नुभएका देउवा दुई कार्यकाल पार्टी सभापति पदमा निर्वाचित हुनुभयो । २०४८ सालदेखि २०७९ सम्म भएका ७ वटै संसदीय निर्वाचनमा उहाँ डडेलधुराबाट निर्वाचित हुनुभयो ।
शेरबहादुर देउवा नेतृत्वको बर्तमान कांग्रेस केन्द्रीय समितिमा पदाधिकारी र सदस्य गरी १४ जना नेविसंघका पूर्वअध्यक्षहरु छन । पार्टी पदाधिकारीमा नेविसंघबाटै राजनीति सुरु गरेका नेताहरु वर्चस्व छ । नेविसंघ केन्द्रीय कार्यसमितिका पूर्व पदाधिकारी सहित विभिन्न जिम्मेवारीमा रहेर काम गरेका तीन दर्जनभन्दा बढी नेताहरुको पार्टी केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व छ ।
शेरबहादुर देउवापछि नेविसंघको नेतृत्व लिनुभएका विमलेन्द्र निधि हाल केन्द्रीय सदस्य हुनुहुन्छ । यस अघि निधि पार्टी उपसभापति हुनुहुन्थ्यो । विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको कार्यसमितिमा सदस्य रहनु भएका पूणर्बहादुर खड्का पार्टी उपसभापति हुनुहुन्छ । बलबहादुर केसी नेतृत्वको कार्यसमितिका महामन्त्री डा.प्रकाशशरण महत पार्टीको प्रवक्त हुनुहुन्छ । महत यस अघि पार्टीको सह–महामन्त्री हुनुहुन्थो । नेविसंघका पूर्व अध्यक्ष धनराज गुरुङ पार्टी उसभापति हुनुहुन्छ । संघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री निर्वाचित हुनुभएको छ । पूर्वअध्यक्ष किशोरसिंह राठोर सहमहामन्त्री हुनुहुन्छ । नेविसंघका पूर्वमहामन्त्री गगन थापा पार्टीको महामन्त्री निर्वाचित हुनु भएको छ । उहाँले संसदीय दलको नेतामा समेत प्रतिश्र्धा गर्नु भएको थियो । नेविसंघ मै सक्रिय राजनीति गर्नु भएकी महालक्ष्मी उपाध्यय‘डिना’ पार्टीको सहमहामन्त्री निर्वाचित हुनुहन्छ ।
पूर्व अध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद,गोविन्द भट्टराई, प्रदिप पौडेल, कल्याण गुरुङ, नैनसिंह महर कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ । पूर्वअध्यक्षहरु विपिन कोइराला,केशव सिंह, गुरुराज घिमिरे, महेन्द्र शर्मा, रञ्जित कणर् भने पार्टीको वर्तमान केन्द्रीय समितिमा छैनन ।
पहिलो अध्यक्ष विपिन कोइरालादेखि सातौं अध्यक्ष एनपी साउदसम्मका सबै नेविसंघका पूर्वअध्यक्षहरुले पटक–पटक मन्त्री बन्ने अवसर पाउनु भएको छ । विपिन कोइरालापछि नेविसंघको दुई कार्यकाल सभापति बन्नु भएका शेरबहादुर देउवा त दोस्रो कार्यकाल पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उनले नेविसंघको गरिमा उचो बानाउनु बनाउनु मात्र भएको छैन पछिल्लो पुस्ताका लागि प्रेरेणाको स्रोत बन्नु भएको छ । ।
हाल संसदमा नेविसंघका पूर्व अध्यक्षहरु पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ,महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठोर, विमलेन्द्र निधि,ज्ञानेन्द्र बहादुर कार्की,एनपी साउद,प्रदिप पौडेलको उपस्थिति छ ।
प्रदेश सभा सदस्यमा गुरुराज घिमिरे र प्रतिनिधि सभाको उपनिर्वाचनमा गोविन्द भट्टराईलाई चुनवा लड्ने अवसर प्राप्त भएपनि पराजय भोग्नु प¥यो । यस अघि रञ्जित कर्ण भने समानुपातिक संसद बन्न सफल हुनु भएको थियो । महेन्द्र शर्मा, कल्याण गुरु, नैनसिह महर र राजीव ढुंगाना र वर्तमान अध्यक्ष दुजाङ शेर्पाले भने चुनाव लड्ने अवसर पाएका पाउनु भएको छैन ।
संसदमा प्रतिनिधित्व गर्ने अवसर पाउनु भएका नेविसंघका पूर्वअध्यक्षहरु विपिन कोइराला, विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, बलबहादुर केसी, एनपी साउद, धनराज गुरुङ र प्रदिप पौडेलले मन्त्री बन्ने अवसर पाउनु भएको छ । महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठोर र यस अघिका समानुपतिक संसद रञ्जित कणले भने मन्त्री बन्ने अवसर पाउनु भएको छैन ।
नेविसंघका पूर्व अध्यक्षसमेत रहेका शेरबहादुर देउवा पार्टी सभापति, धनराज गुरुङ उपसभापति र विश्वप्रकाश शर्मा महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । वर्तमान कांग्रेस केन्द्रीय समितिमा १४ जना नेविसंघ पूर्व अध्यक्षले प्रतिनिधित्व गर्ने अवसर पाउनु भएको छ । बाँकी ६ जना केन्द्रीय समिति बाहिर हुनुहुन्छ ।
प्रतिक्रिया