दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु

दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु


समयपथ
46
Shares

काठमाडौँ । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो ३ बजे चट्याङ लागेर घाइते भएका नौमूले गाउँपालिका-८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले प्रशासनलाई बताए ।

चट्यांग लागेर घाइते भएकी श्रीमती छोरी र तीन वर्षका छोराको हाल दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।