बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


समयपथ
0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा १ हजार ७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन १ लाख ८९ हजार ९ सय र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।