काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया