सप्तरी। भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । छिन्नमस्ता बाहिनी मुख्यालय मधेस प्रदेश बर्दिवासले मधेश प्रदेशका ८ वटै जिल्लाका सीमा नाकाहरुमा सुरक्षा सतर्कता बढाएको जनाएको हो ।
भारत–पाकिस्तानबीच चर्किएको द्वन्द्वलाई मध्य नजर गर्दै भारतीय सिमा सुरक्षा बल एसएसबीका १३७ र सशस्त्र प्रहरी बल मधेस प्रदेशका ७१ वटा युनिटले संयुक्त गस्ती र पेट्रोल शुरू गरेका छन् । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने मधेस प्रदेशका सबै जिल्लाका नाकाहरुमा सतर्कता बढाइएको हो ।
सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशसँग भारतको ४ सय ६२ किमी खुला सिमाना रहेका छन ।
प्रतिक्रिया