भारतको सिन्दुर अप्रेसनमा परी दुवै तर्फ गरी ४४ जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमापार आक्रमणमा एक सैनिक सहित १३ जनाको ज्यान गएको बताएको हो ।
भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन । पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको हो ।
जैस–ए–मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको ज्यान गएको थियो । भारत र पाकिस्तानबीच बढेको तनाबसँगै दुबै देश उच्च सर्तकताको रणनीतिमा छन् ।
पाकिस्तानले जवाफी कारबाही जारी राखेको दावी गर्दै भारतले वायु, समुद्र र स्थलमा उच्च सतर्कताको रणनीति अपनाएको छ । पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट उच्च सतर्कता अपनाइएको भारतको भनाइ छ ।
भारतले पाकिस्तानमाथि गरेको हमलाप्रति विश्वस्तरमा चिन्ता र चासो व्यक्त गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई संयमित रहन अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन अपिल गरेका छन् । भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ । चीन सरकारले भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमण चिन्ताजनक रहेको टिप्पणी गरेको छ ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेपछि दुई देशविच युद्ध चर्कने सम्भावना देखिएको छ ।
प्रतिक्रिया