काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप कप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ ।
थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकि रद्द भएको हो ।
आजको खेलमा नेपाल र हङकङले अङ्क बाँडेका छन् । आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन् ।
हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ । नेपालले अब भोलि बहराइनसँग खेल्नेछ ।
प्रतिक्रिया