धनुषाको बिहेमा खाएको मिठाईले जन्तीसहित १ सय जनाभन्दा बढी बिरामी

धनुषाको बिहेमा खाएको मिठाईले जन्तीसहित १ सय जनाभन्दा बढी बिरामी


समयपथ
46
Shares

धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाएको खानेकुराले जन्तीसहित एक सय जनाभन्दा बढी बिरामी परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट शुक्रबार राति ठेरा कचुरीमा पुगेको जन्तीले स्वयम्बर सकिए पछि बुनियाँ, रसबरीलगायतका मिठाई खाएको केही समयपछि जन्तीहरुमा पेट दुख्ने, बान्ता हुने, कमजोर हुने लगायतका समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ । केही भने उपचार पश्चात् निको भएर घर फर्किसकेका छन् ।

कार्यालयले मिठाईमै प्वाइजन भएर बिरामी परेको अनुमान गरेको छ । मिठाईको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको पुष्टि हुने कार्यालयको भनाइ छ ।